न्युयोर्क । अभिनेता प्रदिप खड्का स्टारडम नेपाली कथानक चलचित्र “प्रेम गीत ३” न्युयोर्कमा प्रदर्शन हुने भएको छ । भाग ३ मा भने अभिनेता खड्का संगै यसै चलचित्र मार्फत डेब्यु गरेकी नायिका कृष्टिना गुरुंगको मुख्य अभिनय रहेको छ ।
नेपाल, भारत र अस्ट्रेलिया सँगै एकसाथ न्युयोर्कमा नियमित रूपमा प्रदर्शन हुने तयारीमा छ । सेप्टेम्बर २३ मा फिल्म त्यहाँ रिलिज हुने भएपछि न्युयोर्कका नेपाली फिल्मप्रेमीमा उत्साह थपिएको छ ।
शारगोर्प ट्राभल एण्ड टुरिज्म न्युयोर्कको प्रस्तुतीमा प्रदर्शन हुन लागिरहेको चलचित्र “प्रेम गीत ३” न्युयोर्कको टाईम्स स्क्वाएर स्थित एएमसी एम्पायर २५ थिएटरमा दशैको उपलक्ष्यमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । चलचित्र सेप्टेम्बर २३ देखि १ हप्ता सम्म दिनको २ शो चल्ने संयोजक शंकर बिशुन्केले जानकारी दिएका छन् ।