डोटी, आदर्श गाउँपालिका-५ कि डिकरादेवी नाम परिवर्तन ३१ बर्षकी भइन् । एक छोरा र दुई छोरीकी आमा डिकराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा सासु र छोराछोरीसंगै बस्ने डिकरालाई निर्वाचन आउँदा के मा भोट हाल्ने भन्ने निर्णय गर्ने अधिकार छैन ।
‘यसको बाबाले देश भारत बाट फोन गरेर भन्नुहुन्छ, सोही अनुसार मैले भोट हाल्छु’ उनी भन्छिन्, ‘श्रीमान्ले जे भन्यो त्यो त मान्नै पर्यो नि’ उनी आफ्नो मात्रै होइन, सासुले पनि भोट श्रीमानले नै भनेअनुसार खसाउने बताउँछिन् ।
डिकरालाई ०७४ सालको स्थानीय तहको निर्वाचनदेखि यता मतदान गरेको याद छ । तीनवटै निर्वाचनमा संयोगले उनका श्रीमान् भारतमै थिए । तर पनि उनले श्रीमानले भने अनुसार नै मतदान गरिन् ।
यसपालिको स्थानीय तह निर्वाचनमा उनलाई श्रीमान्ले भनेको भन्दा फरक ठाउँमा मतदान गर्न इच्छा थियो । मिल्ने साथी, सहयोगी वडा सदस्यमा उम्मेदवार थिइन् । तर उनले श्रीमानको वचन काट्न सकिनन् । ‘भोलि सानो कुराले श्रीमान् श्रीमतीबीच झगडा हुन सक्छ भन्ने सोचे’ डिकरा भन्छिन् ‘खाली कचिंगल हुनु भन्दा उहाँकै भनेको अनुसार गरे ।’
डिकरा निरक्षर महिला भने होइनन् । उनले प्रमाण पत्र तह उत्तीर्ण गरेकी छन् । तर पनि उनी आफ्नो स्वतन्त्र अधिकार आफैं प्रयोग गर्न सक्दिनन्, भन्छिन् ‘संगै भएको भए जिद्धि पनि गर्न सकिन्थ्यो होला तर उहाँ टाढा हुनुहुन्छ, किन मनमुटाव गर्नु रु’ उनलाई गाउँहरुले श्रीमानलाई अनेकथरि कुरा लाइदिन्छन् कि भन्ने डर छ ।
शिखर नगरपालिकाकी बिमला नाम परिवर्तनले गत स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गरिन् । दुई बर्षअघि बिहे गरेर आएकी उनले अर्कै दललाई मत दिन चाहेकी थिइन्, तर पाइनन् । बिहेअघि उनले आस्था राख्ने दल बिहेपछि आफैं फेरियो ।
‘मैले मत दिने आफ्नो स्वतन्त्रता हो भन्दा गाउँमा सबैले उछितो गरे’ विमला भन्छिन् ‘सेनामा रहेका मेरा श्रीमा्लाई समेत फोन गरेर दबाव दिन लगाइयो ।’ उनलाई गोप्य मतदान भएकाले आफूले चाहे अनुसारै मत दिन्छु भन्ने लागेको थियो तर उनले मतदान गर्न लाग्दा एक कर्मचारी हेर्न थाले । बाध्य भएर उनले लहरै भोट हाल्नुपर्यो ।
उनी भन्छिन् ‘श्रीमान्को कुरा मात्रै होइन, गाउँका ठुलाबडाहरुको आदेश अनुसार मतदान गर्नुपर्ने रहेछ । म आफ्नो इच्छाले हाल्छु भन्दा त्यसो भए भोट हाल्न नजानू भन्ने धम्कीसमेत आउने रहेछ ।’
केआईसिंह गाउँपालिका-४ कि मेरिना ९नाम परिवर्तन यस पटकको स्थानीय तह निर्वाचनमा विगतमा भोट दिने भन्दा अर्कै दललाई मत दिने योजनामा थिइन् । ०६४ को संविधान सभाको निर्वाचनदेखि मतदान गर्दै आएकी उनी सधैं आफूभन्दा ठूलाको आदेशमा मतदान गर्थिन् । यस पटक पनि उनले अर्कैले भने अनुसारै मतदान गर्नुपर्ने बाध्यता आइलाग्यो । ‘जे जे होला, म अर्कै पार्टीलाई भोट दिन्छु भन्न मैले सकिन’, उनी भन्छिन् ‘अन्ततः उतै भोट दिनुपर्यो जहाँ मैले चाहेकै थिएन ।’ गाउँका ठूलाबडा र शिक्षकहरुले समेत महिलालाई मतदानमा हस्तक्षेप गर्ने गरेको मेरिनाको अनुभव छ ।
‘महिलाहरुमा राजनीतिक चेतनाको कमी छ’ उनी भन्छिन् ‘उनीहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्नु जरुरी छ ।’ महिलाहरु आर्थिक रुपमा परनिर्भर भएका कारण भोट हाल्दा पनि पति वा घरका अन्य पुरुष सदस्यको आदेश अनुसार चल्नुपर्ने बाध्यता रहेको चन्दको भनाइ छ ।
‘एक त अधिकांश महिलाहरुले भोटको महत्व बुझेका छैनन्’ चन्द भन्छिन्, ‘बुझेका महिलाहरुलाई पनि पारिवारिक वाध्यता छ, त्यसैले अरुले भने बमोजिम मतदान गर्नुपर्छ ।