प्रेमगीत ३ लाई लिएर फिल्मकर्मीबीच विवाद

सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्म प्रेमगीत ३ लाई लिएर फिल्मकर्मीबीच विवाद भइरहेको छ।

यो फिल्मको हिन्दी डबलाई विदेशी फिल्म सरह कर लगाउन पर्ने चलचित्र निर्माता संघको माग छ भने हिन्दी डबलाई नेपाली फिल्म नै मानेर कर छुट पाउनु पर्ने निर्माण टिमको माग छ। जसले गर्दा फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही यसलाई नेपाली फिल्म सरह कर छुट गर्नुपर्छ भन्ने पक्षमा छन् त कोही विपक्षमा।

Zen Travels - Cheap tickets to Nepal

भदौ ३० गते चलचित्र विकास बोर्डले बिहान ६ बजे फिल्म हल खोलेर राती ११ बजे बन्द गर्नुपर्ने भन्दै विज्ञप्ती जारी गर्यो। यो निर्णय ‘प्रेमगीत ३’ लाई असफल बनाउन लक्षित भएको भन्दै निर्देशक सेन र अभिनेता प्रदीप खड्काले आपत्ती जनाए।

अभिनेता प्रदीप खड्काले बोर्डका अध्यक्ष भुवन केसीको राजीनामै मागे। यो विवादमा भुवनका छोरा अनमोल केसीलाई समेत तानिएको छ। अहिले सर्वाधिक पारिश्रमिक लिनेमा अनमोलको नाम आउँछ। उनको फ्यान फलोइङ पनि जबरजस्त छ। तर ‘प्रेमगीत ३’को चर्चा चुलिएपछि अनमोल छायामा पर्ने भन्दै भुवन केसीले प्रदीपको फिल्मलाई असफल बनाउन षड्यन्त्र रचेको चर्चा छ। यस विषयमा न भुवन केसी बोलेका छन् न बोर्डको तर्फबाट केही जवाफ आएको छ।

बोर्ड मौन रहे पनि फिल्मकर्मीहरू सामाजिक सञ्जालमा जुर्मुराई रहेका छन्। यसै विवादमा अभिनेता सरोज खनाल पनि जोडिएका छन्।

उनले एक अन्तर्वातामा अहिलेका स्टार प्रदीपले आक्रोश भएर पुराना कलाकार भुवन केसीको राजीनामा माग्न नहुने बताएका थिए। उक्त भिडिओ क्लिप फेसबुकमा सेयर गर्दै निर्देशक सेनले सरोज खनालप्रति कटाक्ष गरे।

उनले सरोज खनालको फिल्म क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने मात्र भएको बताएका थिए। सेनको उक्त अभिव्यक्तिपछि निर्माता तथा निर्देशकले दीपकराज गिरीले फिल्म क्षेत्र सिध्याउने हिसाबले हरेक दिन मिडियामा हंगामा नमच्चाउन अनुरोध गरेका छन्।

‘हिन्दी भाषाको नियमअनुसार कर तिरौं। बरू राम्रो कामको लागि नेपाली भाषाको फिल्ममा केही छुट मागौं सक्किगो त। यति लेखेपछि बोयकट अनमोलमा मेरो पनि नाम थपौंला, निर्देशनअनुसार गाली गलौच पनि गरौंला पक्कै पनि१ तर यति ठूलो तिमीहरूको अन्याय कसरी सहेर बस्नुरु साथीहरूले कसरी सहेर बसे मैले चाहिँ सकिनँ माफ पाउँ१ हरेक दिन मिडियामा आएर हंगामा मच्चाउने किनरु आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी१ तपाईंको फिल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईंको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ, फाइदा नै छ। सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौं, उनले लेखेका छन्।

अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा लामो स्टाटस लेख्दै ‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डले सहयोग गर्नपर्ने बताएकी छन्।

‘भाषा एउटा माध्यम हो भारतका मान्छेले नेपाली भाषा बुझ्दैनन्। ठिक छ तपाईंको विधानमा या नियममा त्यस्तै प्रावधान होला विदेशी भाषिक फिल्मलाई निश्चत प्रतिशत कर लगाउने। लगाउनुस् तर त्यत्रो लगानी भएको फिल्मलाई तोकेको समयमै फिल्म हलमा लगाउनका लागि सघाउनु पर्दैनरु यदि प्रेमगीत ३ स्तरीय बनेको छ, नेपालकै सुन्दर दृश्यहरू समेटिएको छ भने फिल्मलाई अंग्रेजी, चाइनिज, इटालियन, जापानीज्, कोरियनलगायत विभिन्न भाषामा पनि देखाउनु पर्छ। यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ,’ उनले लेखेकी छन्।