नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् ।
समानुपातिक सांसद भइसकेकालाई समानुपातिक सूचीमा एमालेले राखेको छैन ।
त्यसको साटो यसअघि अवसर नपाएका र युवा नेताहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । एमाले स्रोतका अनुसार, लगभग सबै क्लस्टरमा युवा नेताहरुले अवसर पाएका छन् ।
त्यस्तो अवसर पाउनेमा सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, दीपा शर्मालगायत छन् ।