गाजामा युद्ध रोक्न राष्ट्रसङ्घले चाल्यो शक्तिशाली कदम,तत्काल युद्धविराम गर्न निर्देशन

काठमाडौं। गाजामा जारी युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घले कडा कदम चालेको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै युद्धविरामका लागि अनुरोध गरेका छन्। यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो।

संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ। दशकौँदेखि यो धारा प्रयोगमा ल्याइएको थिएन। गाजापट्टीमा भइरहेको सङ्कटबारे सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराउन र युद्धविराम लागू गराउन गुटरेसले यो धारा लागू गरेका अलजजिराले जनाएको छ।

गाजाका अस्पतालहरुलाई युद्ध मैदान बनाइएको भन्दै उनले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताएका छन्। त्यहाँका नागरिकलाई जीवित रहनका लागि अति आवश्यक सामग्री समेत नभएको र यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको खबरमा उल्लेख छ।

गुटरेसकाअनुसार गाजा क्षेत्रको सार्वजनिक व्यवस्था पुरै ध्वस्त हुन सक्छ। उहाँले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न आग्रह गर्नु भएको छ। संयुक्त राष्ट्रसङ्घले गाजाम भइरहेको युद्ध रोक्न अपिल गर्दै आएको छ ।