काठमाडौं। सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो।
यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ। यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
उनीहरू दुवै जना हाल थुनाबाहिर थिए। यसअघि आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो।