काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी पनि ठुलो परिमाणमा अबैध सुनसहित २ जना पक्राउ परेका छन्। गएराती १४ किलो सुनसहित २ जना नेपाली नागरिक पक्राउ परेका हुन्।
सुनसहित गोरखाको बारपाक घर भएका चन्द्र घले र धुमबराही बस्ने मिन घले पक्राउ परेका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिएका छन्।
फ्लाइ दुबईको एफजेड ५७३बाट राती ११ः५६ मा काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको हो।
चन्द्र घलेसँग सोधपुछ गर्दा सुन धुमबराही बस्ने मिन घलेको भन्ने जानकारी पश्चात् मिन घलेलाई पनि पक्राउ गरीएको हो। अहिले दुई जनालाई नै नियन्त्रणमा लिएर भन्सारले अनुसन्धान गरिहेको डिआइजी ठकुरीले बताए।