साहित्यकार पुनम पाठक ले आफ्नु पहिलो गीत रिलिज गर्नुभएको छ । तिम्रै शहरले मलाई सस्तो बनायो बोल को गीत बिहिबार राती आफ्नै च्यानल बाट सो गीत सार्वजानिक गर्नु भएको थियो ।
महिला का पिडा लाई आफ्नो रचनामा उल्लेख गर्ने पुनम को यो पहिलो गीत हो तर पुनमले जूनको खोजी नामक उपन्यास पनि लेख्नु भएको छ । जूनको खोजी एक महिला को कहानीमा आधारित बास्तभिक घटना हो । रचनाकार पूनम साहित्यमा मात्र नभएर ब्यवसाय र सामजिक कार्यमा पनि उत्तिकै सकृय हुनुहुन्छ ।
झापामा जन्मिनु भएकी पूनम सन् २०१५ मा अमेरिका पुग्नु भएको थियो । अहिले पेन्सिल्भेनिया मा बसोबास गर्दै आउनु भएकी पाठकले नै अर्को पनि गीत बजार मा लेउने जानकारी दिनु भयो ।