टेक्सस राज्य च्याप्टरको आयोजनामा शनिवार स्पिलिङ बी प्रतियोगिता हुने

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका टेक्सस राज्य च्याप्टरको आयोजनामा शनिवार स्पिलिङ बी प्रतियोगिता हुने भएको छ ।
नेपाली समुदायका बालबालिकाहरुको शैक्षिक क्षमता प्रवद्र्दन, वृद्दि र मञ्च प्रदान गर्ने उदेश्य सहित च्याप्टरले प्रतियोगिताको आयोजना गर्न लागेको छ। टेक्सस राज्यका विभिन्न शहरमा रहेका विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म अध्ययनरत् विद्यार्थीहरुलाई सहभागि गराईने प्रतियोगिताको प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशस् १ हजार ५ सय, १ हजार, ५ सय र २ सय डलर सहीत प्रमाणपत्र प्रदान गरिनेछ ।
नेपालीको बाक्लो बसोबास रहेका टेक्ससका विभिन्न शहरहरु डलास, ह्युष्टन, अस्टिन, वाको, लबकमा स्थानीय रुपमा प्रथम चरणमा विद्यार्थीहरु विच प्रतिष्पर्धा गराई त्यहाँवाट अन्तिम चरणका लागि १५ विद्यार्थी छानौट गरीसकिएको छ। टेक्सस च्यापटरले गैर आवासीय नेपाली संघको स्थापना र महत्वलाई पछिल्लो पुस्तामाझ परीचीत गराउन यसप्रकारका कार्यक्रमले सहयोग पुर्याउने बिश्वास लिएको छ। प्रतियोगिताको फाइनल चरण युलेसमा हुनेछ ।