पेन्सिलभेनिया, अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिका सीपी पौडेल अध्यक्षले आफ्नो कार्यसमितिमा अगस्ट २८ तारिक बसेको संघको पूर्ण बैठकले थप व्यक्तिलाई जिम्मेवारी तोकेको छ।
विस्तारित कार्यसमितिमा भुवन आचार्यलाई बरिष्ठ उपाध्यक्ष तोकिएको छ। उनी नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष पनि हुन्। यस अगाडि सीपी पौडेल आफै बरिष्ट उपाध्यक्ष थिए। कार्यसमितिको परामर्शविना बुद्दि सुवेदी अध्यक्ष रहेको एनआरएनए अमेरिकासँग सहमति गरेको भन्दै पौडेलले तत्कालिन अध्यक्ष कृष्ण लामिछानेलाई बर्खास्त गर्दै आफैलाई कार्यवहाक अध्यक्ष घोषित गरेका थिए।
पौडैल समुहको प्रमुख संरक्षकमा एनआरएनए आइसीसीका कोषाध्यक्ष सुनिल शाह छन्। अमेरिकाज क्षेत्रका संयोजक प्रकास सापकोटाले एउटा पुरानो निर्णयलाई टेकेर नयाँ समिति गठन गरे पछि एनआरएनए अमेरिकाको विवादमा नयाँ मोड आएको हो ।
यस्तै समितिको उपाध्यक्षमा नृपेन्द्र धिताल मनोनित भएका छन् ।
साथ साथै गैर आवासीय नेपाली संघ एनसिसि अमेरिकाको सचिव पदमा न्यूयोर्कका डा शंकर बुसुन्के मनोनित भएका छन् । उनलाई महासचिव डोरन अधिकारी द्वारा जारी गरिएको बिज्ञप्तिमा १० सदस्यीय समितिको नामावली सहित उनलाई सचिवमा मनोनित गरिएको उल्लेख गरिएको छ । एनआरएनए एनसिसि युएसएबसेको बैठकद्वारा सर्वसम्मत सचिव पदमा बुसुन्के चयन भएका हुन् ।