‘प्रेमगीत ३’ को भारतमा सुखद सुरूआत

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा सुखद सुरूआत गरेको छ। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

भारतीय ट्रेड विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ ९९२ लाख भारतीय रूपैयाँ० कमाएको छ।
‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर कम भएका कारण फिल्मको कमाइ थोरै भएको हो। फिल्मको व्यापार २(३ दिनमा आफ्नो लयमा फर्किने छ।’

फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।