नेपालमा डेंगुको प्रकोप

हुन त नेपालमा डेंगु पहिलोपटक फैलिएको होइन् । सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो । त्यसयता बर्सेनि डेंगुको संक्रमण देखिँदै र बढ्दै आएको छ ।

खासगरी, सन् २००६, २०१०, २०१२र१३, २०१७ र २०१९ मा डेंगुले प्रकोपकै रूप लिएको संक्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोला बताउँछन् । उनका अनुसार तराई(मधेसमा बढी देखिने डेंगु २०१८ पछि भने पोखरा, काठमाडौंजस्ता पहाडी जिल्लाहरूमा देखिएको थियो । सन् २०१९ मा त डेंगुको प्रकोप नै उत्पन्न भयो ।

यो वर्षमा सुरूवातदेखि नै बिरामीको चाप बढेको छ । सुरूमा संक्रमितहरूलाई लक्षणहरू सामान्य थियो । बिस्तारै कडा(कडा लक्षण देखापरेको चिकित्सहरू बताउँछन् । चिकित्सकका अनुसार लामखुट्टले टोक्नेबित्तिकै ज्वरो आउँदैन । डेंगुको लक्षण देखिन १० देखि १२ दिन लाग्छ ।

समुदायस्तरमा १० हजार मानिस डेंगुबाट संक्रमित भए भने १ हजार जनामा लक्षण देखापर्ने उनको भनाइ छ । जसमध्ये ५ सयजना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को ५ सयजनामा डेंगु ज्वरोका लक्षण देखिन्छन् ।

गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिनेजस्ता लक्षणहरू देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोला बताउँछन् ।

गत जुलाईबाट सुरू भएको डेंगु हालसम्म ७६ जिल्लामा फैलिइसकेको छ भने देशभरमा २९ जनाले ज्यान गुमाएका छन् । डेंगुबाट सबैभन्दा प्रभावित बागमती र प्रदेश र लुम्बिनी प्रदेश हुन् । वागमती प्रदेशमा हालसम्म ११ जनाको डेंगुको कारण मृत्यु भइसकेको छ । हाल २५ हजार ३५२ जना भन्दा बढी संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी काठमाडौं, ललितपुर मकनापुर दाङ र भक्तपुरमा एक हजारभन्दा बढी डेंगुका विरामी भेटिएका छन् । हुम्ला र डोल्पामा समेत डेंगुका बिरामी भेटिएका छन् ।