यसकारण विश्वमै सबैभन्दा शक्तिशाली बन्यो सिंगापुरको राहदानी, नेपाल कति औं स्थानमा ?

एजेन्सी। जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ।राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो ।

सिंगापुरका नागरिक बिना भिसा १ सय ९२ देशमा जान सक्दछन्। दोस्रो स्थानमा जर्मनी, इटली र स्पेन रहेका छन्। पछिल्लो पाँच वर्षमा लगातार पहिलो स्थानमा रहँदै आएको जापान भने तेस्रोमा झरेको छ।

तेस्रो स्थानमा जापानसँगै अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन पनि परेका छन्। भारत पासपोर्टको बरियतामा ८०औं स्थानमा परेको छ।

नेपाल भने ९८औं स्थानमा झरेको छ।नेपालसँगै प्यालेस्टाइन पनि रहेको छ। नेपालीहरु भिसा नलगाई ३८ वटा देशमा मात्रै जान पाउँने छन्। उत्तरकोरिया नेपालभन्दा एक स्थान माथि रहेको छ। दक्षिण एशियामा पाकिस्तानी सबैभन्दा तल अर्थात एक सयौं स्थानमा परको छ।