जब जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिए..

काठमाडौं। पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका अकस्मात खुलेको छ। बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले नै खोलिदिएका हुन्।

ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ। प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन्। यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।

विमानस्थल प्रवक्ता जसोदा पौडेलले भने घटनाबारे निर्क्योल भई नसकेको जानकारी दिइन्। ’म जाँदैछु । जहाज पार्किङ गरिएको छ,’ उनले भनिन्, ’बिस्तृतमा बुझेर खवर गर्छौ ।’