बहुउदेश्य क्षेत्रमा लगानी र व्यावसाय गर्ने उदेश्यले A to Z Link Inc, USA कम्पनीको गएको मंगलबार न्यूयोर्कको ज्याक्सन हाइटमा एक कार्यक्रम आयोजना गरीऔपचारिक रुपमा शुभारम्भ भएको छ । कम्पनीले विशेष गरी रियल स्टेट र रेष्टुरेण्टमा लगानी गरे पनि बहुउद्देश्यीय क्षेत्रमा लगानी गर्ने सोच राखेको प्रबन्ध निर्देशक लोक चेम्जोङको भनाइ छ ।
सामूहिक लगानी र सामुहिक सहकार्यमा विश्वास राख्ने ८ जना नेपालीहरुको लगानीमा कम्पनीले नायग्रा फल्समा इटालियन रेष्टुरेण्ट सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक लोक चेम्जोङले जानकारी दिए । रेष्टुरेण्टका प्रमुख व्यवस्थापक रुपा शाहले रेष्टुरेण्टलाई आगामी दिनमा नेपाली र इटालियन रेष्टुरेण्टको रुपमा बिस्तार गर्ने योजना रहेको बताइन् ।
यस कार्यक्रम कम्पनीका सचिव रूद्र पुनको अध्यक्षतामा भएको थियो भने कम्पनीको उद्श्यबारे संयोजक केशबराम राई ले प्रकाश प्रार्नु भएको थियो । साथै हाल सन्चालन भईरहेको बेकरी रेस्र्टुरेन्ट ला उ न्ज एन्ड क्लब को बारेमा कम्पनीका बोर्ड मेम्बर रूपा शाहले प्रस्तुत गर्नुभयो । बोर्ड मेम्बर सुवर्ण शाक्यले उपस्थित सबैमा स्वागत गर्नुभएको थियो भने अन्य बोर्ड मेम्बर संगिता श्रेष्ठ र विकास श्रेष्ठ ज्यूको समेत सक्रिय भूमिका रहेको थियो । कार्यक्रमलाई प्रबन्ध निर्देशक लोक चेम्जोङ ले संन्चालन गर्नुभएको थियो ।
यस कम्पनीको ब्राण्ड मार्फत आगामी दिनहरूमा विभिन्न क्षेत्रमा व्यावसाय सुरू गर्ने साथै ईच्छुक योग्य लगानीकर्ताहरूलाई सधै आव्हान र प्रोत्साहन समेत गरिने छ ।