एमसीसी उपाध्यक्ष फतिमा सुमारले सबै भेटमा भनिन, एमसीसी शैन्य सहयोगसंग सम्वन्धित छैन

काठमाडौं, भदौ २६

नेपालमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले तेस्रो दिन पनि विभिन्न राजनीतिक दलहका नेताहरुसंग भेटघाट गरेकि छन् ।
शनिवार गृह मन्त्री जनार्दन शर्मा, विभिन्न संसदिय समितिका सभापति तथा सदस्यहरुलाई भेट गरेर उपाध्यक्ष फातिमाले एमसीसी पास गर्ने विषयमा छिटो निर्णय दिन अनुरोध गरेको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेर नेताहरुसंगको छलफललाई अगाडि बढाएकी फातिमाले यस बीचमा प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उर्जा मन्त्री पम्फा भुषल लगाएतका नेताहरुसंग भेट गरिसकेकी छन् ।


नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँग तेस्रो दिनसम्म भेटघाट सकेकी छन् ।

बिहीबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भेटको शुरुवात गरेकी उनले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन् ।

फतिमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवाद अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसँग भेटघाट गरेकी छन् । आईतबार फर्कने तालिका रहेको सुभारको भेटघाट लगभग सकिएको छ ।

उनले हरेक भेटमा भनेको एउटै विषय हो एमसीसी शैन्य विषयसंग सम्बन्धित छैन ।

नेपालमा एमसीसीका बारेमा धेरै चर्चा परचिर्चा भएपछि फातिमा नेपाल भ्रमणमा आएकी हुन । उनि नेपाल आउनु अगावै नेपाल सरकारले हतार हतार एमसीसी हेडक्वाटरमा केही स्पष्टीकरणका लागि प्रश्न समेटिएको बुँदाहरु सहित जानकारी पठाउन अनुरोध गरेको पत्र पठाएको थियो ।