भदौ २५ काठमाण्डौ
पपुवा न्यूगिनी ९पीएनजी० विरुद्धको खेलमा नेपालले १ सय ५१ रनको फराकिलो अन्तरले जित हात पारेको छ ।
नेपालका स्पिनर सन्दिप लामिछाने एक्लैले ६ विकेट लिएसंगै पीएनजी फराकिलो अन्तराले पराजित भएको हो ।
सन्दीपले ५.१ ओभर बलिङ गर्दै ११ रन मात्र खर्चेर ६ विकेट लिए । उनले ओडीआईमा दोस्रो पटक ६ विकेट लिएका हुन् ।
यसअघि २०२० मा लिग २ मा अमेरिका विरुद्ध १६ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १(१ विकेट लिए ।
नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९।१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा अलआउट भयो ।
ओमानको अल अमरेत मैदानमा पहिलो पटक डे नाइट ओडीआई खेलेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३ बल अगावै सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।