एमसीसी पारित गराउन छलफल गरिरहेको छुः प्रधानमन्त्री देउवा

भदौ २५ काठमाण्डौ

प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीबीच सुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसी सम्झौता अगाडी बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका छन् ।प्रधानमन्त्री देउवाले एमसिसी पारित गराउने विषय राजनीतिक विषय भएका कारण राजनीतिकसतरबाट यस विषयलाई निचोडमा लैजाने बताएका भेटमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

यस्तै एमसीसीकी उपाध्यक्ष फतिमा सुमरले एमसीसी छिट्टै संसदबाट अनुमोदन हुने विश्‍वास व्‍यक्त गरिन् ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबारनै भेट गरेको थियो । यसैगरी बिहिबारनै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगाएतको टोलीसँग फातिमाले एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेकी थिइन् ।
यस्तै शुक्रबार बिहान नेकपा मावादी केन्द्रका अध्‍यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी थिइन् भने दिउँसो ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग सिंहदरवार पुगेर उनले घेटघाट गरेकी थिइन् ।