मानव इतिहासमा एउटा कालो दिन- सेप्टेम्बर ११

भदौ २५ शनिवार

विश्व इतितहासमा एक दुखद् र पिडादायी आक्रमणका रुपमा लिएको अमेरिकाको वासिंटन र न्यूयोर्कका घट्नामा आफन्त गुमाएकाहरुले सेक्टेम्बर ११ लाई दुखद् दिनका रुपमा सम्झना गरेका छन् ।

अमेरिकीहरुले मृतक प्रति सम्झना गर्दै १ मिनट मौन धारण गरेका छन् ।
२ हजार ९ सय ७७ जनाको ज्यान जाने गरी भएको आक्रमणले विश्वलाई नै एक पटक हवाई सुरक्षाका बारेमा समेत सोच्न बाध्या बनाएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो वाईडेनले सन् २००१ मा आक्रमण भएका स्थानहरुको अवलोकन भ्रमण गर्दै उक्त घट्नामा ज्यान गुमाउनेहरु प्रति श्रञ्द्धाञ्जली व्यक्त गरेका छन् ।
यसैगरी वाइडेनसंगै पूर्व राष्ट्रपति बाराक ओवामा, विल क्लिनटन् सहित उच्च पदस्त अधिकारीहरुको सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा बोल्दै वाईडेनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पिडित परिवारप्रति उच्च सम्मानसहित समवेदना व्यक्त गरेका छन् ।
घट्नाको समय कति भयो भन्नेले कुनै अर्थ नराख्ने भन्दै वाईडेनले गुमाएका आफन्तहरु सधै आफ्ना प्रिय मान्छे रहने भन्दै कसैलेपनि आफ्ना प्रिय मान्छेहरुलाई भूल्न नसक्ने कुरा आफुले बुझेको बताएका छन् । उनले तत्कालिन समयमा उद्धार र व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकाको वासिंटन र न्यूयोर्कका दुई गगनचुम्बी भवन अक्रमणकारीको निसानामा परे ।

आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर ट्विन टावर र पेन्टगनमा आक्रमण गर्दा हजारौँ मानिसहरूले ज्यान गुमाए । उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना बन्यो ।

संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहर गरेर न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो।

दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए । विमान ठोकिएसंगै ती भवनहरूमा आगो लागेको थियो र माथिल्ला तलाका धेरै मानिसहरुले जयन गुमाउन पुगेका थिए । दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर भग्नावशेषमा परिणत भएका थिए । नौ बजेर ३७ मिनेटमा तेस्रो विमानले राजधानी वाशिङ्टन डीसीमा रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनलाई निसाना बनाएको थियो । यी घटनाहरूमा १९ अपहरणकारीबाहेक २ हजार ९ सय ७७ जनाले ज्यान गुमाए थिए ।

विश्व इतिहासमै ठूलो र दुखद् मानिएको यस घट्नाका मुख्य योजनाकारका रुपमा ओसामा बिन लादेन रहेको भन्दै अमेरिकाले यसका विरुद्ध शसक्त रुपमा लाग्ने घोषणा गरेको थियो ।

उक्त आक्रमणको एक महिना नबित्दै तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यू बुशले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आफ्नो कार्वाही अगाडि बढाएका थिए ।

अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय खोजिरहेका थिए । अमेरिकी सेनाले लादेनलाई घट्ना भएको ११ वर्ष पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा भएको आक्रमणमा उनको मृत्यु भएको घोषणा गरेको थियो ।

झन्डै दुई दशकपछि यो साल अमेरिकी सैनिकहरू अफगानिस्तानबाट बाहिरिएका छन् र त्यसका कारण उक्त इस्लामवादी सञ्जालको पुनरागमन हुने चिन्ताहरू व्यक्त भएका छन्।