अफगानिस्तानबाट उद्धार कार्य जारी रहने अमेरिकी राष्ट्रपति वाइडेनको घोषणा

559714906

न्यूयोर्क

अमेरिकी राष्ट्रपति जोवाइडेनले अफगानिस्तानबाट हुने उद्धार कार्यलाई जारी राख्ने घोषणा गर्नुभएको छ । ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति वाईडेनले शुन्दर जीवनको पखाईमा रहेका नागरिकहरुलाई विमानको संख्या थप गरेरै भएपनि उद्धार गरिने बताउनुभएको बताउनुभएको विविसिले समाचार लेखेको छ ।
अफगानिस्तानमा तालिवान विद्रोही समुहले सत्ता कब्जा गरेपछि धेरै नागरिकहरु अफगानिस्तान छाड्न चाहन्छन् । यसैगरी विभिन्न देशका नागरिकहरुपनि आफ्नो देश फर्कन चाहान्छन् यसैले हामीपनि अफगानिस्तानबाट अमेरिका फर्कन चाहनेहरुका लागि सजिलोगरी उद्धार गर्न तयार छौं पत्रकार सम्मेलनमा राष्ट्रपति वाइडेनले भन्नुभयो ।

राष्ट्रपति वाईडेनले अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ वटा विमान परिचालन गरिने समेत जानकारी दिनुभयो । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले सोमवारदेखि उद्धारको काम थाल्ने बताउनुभयो ।

युनाइटेड एयरलाइन्सका चारवटा विमान, अमेरिकी एयरलाइन्स, एट्लस एयरलाइन्स, डेल्टा एयरलाइन्स र ‌ओम्नी एयरका तीनरतीनवटा तथा हवाइयन एयरलाइन्सका दुईवटा विमान परिचालन हुनेछन् । अमेरिकी रक्षा विभागले सिभिल रिजर्भ एयरफ्लीट ९सिआरएएफ० अन्तर्गत १८ वटा विमान परिचालन गर्न लागेको हो । राष्ट्रपति बाइडेनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गर्नुभएको हो । कतार र जर्मनीजस्ता अस्थायी केन्द्रमा परीक्षण गरेर उद्धार गरिएका व्यक्तिलाई अमेरिका वा कुनै तेस्रो देशमा लगिने बाइडेनको भनाई छ । राष्ट्रपति बाइडेनले काबुल विमानस्थलबाट पनि मानिसहरुलाई उद्धार गर्ने काम तीव्र भइरहेको बताउनुभयो । बाइडेनले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै हालसम्म अमेरिकाले २८ हजार मानिसको उद्धार गरेको जानकारी पनि दिनुभयो ।