काठमाडौं, ७ भदौ
मृतकको सम्झनामा आज सापारु ९गाईजात्रा० मनाइँदै छ । वर्षभरी सदस्य गुमाएका परिवारले उनको स्मृतिमा आज सापारु मनाउने गर्दछन् । नेवारी भाषामा साँ भनेको गाई र पारु भनेको प्रतिपदा हो । यसअर्थ साँ अर्थात गाई बनाएर नगर परिक्रमा गराएमा मृतकले गाईको पुच्छर समातेर स्वर्गमा जाने मान्यता नेवारी समुदायमा छ ।
सापारुमा मृतकको घरबाट गाई, ताहासाँ, ताहामचा, माटोको साँ वा साना नानीहरुलाई महादेव पार्वती बनाइन्छ बाछा लुकेगु बनाइएका प्रतीकलाई नगरभित्र परिक्रमा गराइन्छ । गाईजात्रा शोक र उल्लासको संगम हो । भक्तपुरमा जगत मल्लका पालामा गाईजात्राको सुरुवात भएको संस्कृतविद्हरुको भनाई छ ।
आनन्ददेवदेखि यक्ष मल्लसम्मको समयको ३ सय ६७ वर्षसम्म नेपालको राजधानी भक्तपुर थियो । यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा भिन्नै संस्कृति विकास भयो । अहिलेसम्म पनि यी तीन ठाउँको नेवारी भाषा–संस्कृतिमा सामान्य अन्तर पाइन्छ । मृत्यु भएको परिवारका सदस्यले विभिन्न प्रतिक बनाई नगरमा परिक्रमा गरिन्छ । मृतक व्यक्तिको सम्झनामा परिक्रमा गराउँदा एक परिवारबाट अर्को परिवारलाई सान्त्वना मिल्ने बताईन्छ । गुन्हीपुन्हीमा तलेजु भगवानको मन्दिरबाट सुरु हुने गाईजात्रा भाद्र कृष्ण अष्टमीसम्म चल्छ । यसरी गाईजात्रा भक्तपुरमा ८ दिन ९ रात चल्ने गर्दछ ।