अमेरिका, ७ भदौ
नेपाल र नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा यूएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता भएको छ । अमेरिकामा अवकाशप्राप्त जीवन बिताइरहेका नेपालमा कराँते खेलका संस्थापक प्रमुख थानेश्वर राई ९टीएस०को नेतृत्वमा उक्त संस्था दर्ता भएको हो । अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएसनको सचिवमा डीबी राउत छन् । ३ भदौ २०७८ अर्थात् १९ अगस्ट २०२१ का दिन भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा सस्था दर्ता भएको हो ।
नेपालमा लामो समयसम्म कराँतेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहेका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका कराँतेका खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई संगठित गरी तालिमका लागि ’क्लोज क्याम्प’ सञ्चालन गर्नेदेखि प्रतियोगिताहरूको समेत आयोजना गरिने लक्ष्य राखिएको जनाइएको छ ।
अध्यक्ष राईले दिएको जानकारीअनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका कराँतेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिनेछ । त्यसमा विश्व कराँते महासंघ र जापान कराँते महासंघका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको छ ।
एसोसिएसन नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीहरूको पुनर्मिलन, कला र कौशल विकासमा बाँकी जीवन बिताउने प्रतिबद्धतासमेत जाहेर गरे । ‘एसोसिएसनको मुख्य उद्देश्य भनेको नेपाल नेपाली खेलाडीहरूलाई सहयोग पु¥याउनु नै हो,’ राईले भने । नेपाल कराँते महासंघको तथ्यांकनुसार करिब सात लाख खेलाडी छन् ।
स्रोत: न्युज कारखाना