नेपालमा गाईजात्रा महोत्सव गर्दै अमेरिकी दूतावास

फोटो स्रोत अमेरिकी दूतावासको फेसवुक पेज

भाद्र ६ काठमाण्डौ

नेपालको कला संस्कृति र परम्पराको आदान प्रदानमा अग्रणी भूमिका खेल्दै आएको नेपालस्थति अमेरिकी राजदूतावासले यस वर्षको गाईजात्रा महोत्सव भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
अमेरिकी राजदूत र्‍यान्डी बेरी, अभियन्ता तथा मानवअधिकारकर्मी एन्जल लामा, लेखक निरञ्जन कुँवर र लोकगायक प्रकाश सपुतका सहितको भर्चुअल सहभागितामा गाईजात्रा महोत्सव गर्ने दूतावासले जनाएको छ । यसैगरी कार्यक्रममा
पछिल्लो समय सञ्चारकर्ममा लागेकी पूर्व मिस नेपाल माल्भिका सुब्बा सञ्चालकको भूमिकामा रहने छिन । गाईजात्रा विशेष कार्यक्रम अमेरीकी राजदुतावासको अफिसियल फेसवुक पेजमा प्रत्यक्ष हेर्न सकिने दुतावासले जनाएको छ ।
अमेरीकी राजदुतावासले नेपालका हरेक चाडपर्व र विशेष दिनहरुमा सक्रियताका साथ सहभागिता जनाउँदै यस्ता दिवसलाई मनाउँदै आएकोछ । यसले दुई देशबीचको सम्वन्ध थप प्रगाढ बढाउन सहयोग पुग्ने दुतावासले जनाएको छ । यस्ता चाडपर्वहरुले नेपाली नागरिकसंग जोडिन ठूलो सहयोग पुगेको दुतावसको विश्वास रहेको छ ।