अमेरीकाले आफगानिस्तनको कावुल एयरर्पोट लगाएतका स्थानमा इस्लामिक स्टेटको आक्रमण हुन सक्ने बताएको छ । तालिवान बिद्रोहीले सत्ता कब्जागरेसंगै अफगानिस्तानमा थप द्धन्द्ध फैलनसक्ने भन्दै अमेरीकाले इस्लामिक स्टेटको आक्रमण हुनसक्ने भन्दै आफ्ना नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ । आफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई कावुल एयरपोर्ट र यस आसपासका क्षेत्रमा भए तत्काल सुरक्षित स्थानमा सर्न समेत अनुरोध गरेको छ ।
यसैगरी आफु रहेको स्थानमा पनि आफु कति सुरक्षित छु भन्ने बारे एकीन गरेर सम्पूर्ण सुरक्षाका उपायहरु ऋपनाउन समेत अमेरीकाले अनुरोध गरेको अमेरीकी रक्षा अधिकारीहरुलाई उदृत गर्दै विविसीले समाचार लेखेको छ । यद्यपी अहिलेसम्म स्लामिक स्टेटले कावुल लगाएतका कुनै पनि क्षेत्रमा आक्रमणको कुनै चेतावनी नदिएको पनि समाचारमा उल्लेख गरिएको छ ।
अफगानिस्तानमा बिद्रोह गर्दै आएको तालिवान समुहले एक साता अधिमात्रै देशको राजधानी कब्जा गरेको थियो । तालिवानका राष्ट्रपति असरफघानी यूएईको शरण लिएर बसिरहेका छन् । यसैगरी अफगानिस्तानमा रहेका विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देश र कुटनीतिक नियोगको समन्वयमा आ–आफ्नो देश फिर्ता पठाउने गरिरहेका छन् । विभिन्न समयमा अफगानिस्तानमा काममा गएका नेपालीहरुलाई नेपाल उद्धार गरेर ल्याउनेक्रम सुरु भईसकेको छ ।