गैरआवासीय नेपाली संघ (एनआरएनए)स्थापनाको २० वर्ष पूरा,यस्तो छ अहिलेसम्मको ठुलो उपलब्धी…

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको २० वर्ष पुरा भएको छ।‘नेपालीका लागि नेपाली’भन्ने मूल नारा लिएर सन् २००३ मा स्थापना भएको एनआरएनएले गौरवमय २० वर्ष पूरा गरेको हो। एनआरएनएले स्थापनाको दुई दशकको अवधिमा नेपालीहरुको उपस्थिति भएका ८७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ।

संघले यो अबधीलाई राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नुलाई महत्वपूर्ण उपलब्धि ठानेको जनाएको छ। एनआरएनएले आफ्नो २ दशकको पार गरेको अवसर पारेर एक विज्ञप्ती जारी गरि सम्पुर्ण गैर आवासिय नेपालीहरुमा शुभकामना व्यक्त गर्दै खुसि पनि ज्ञापन गरेको छ।

विज्ञप्तीमा भनिएको छ,‘विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको सञ्जालमा गोलबन्द गर्दै एकैसुत्रमा समाहित गरी उत्साहका साथ हातेमालो गर्दै सबै हात एकै साथ भन्ने मूल भावका साथ नेपालको समृद्धिको यात्रामा हामी जोडिएका छौँ। विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य संघमा आबद्ध भएका छन्। विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमासमेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु, विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौं’।

विज्ञप्तीमा १० औँ महाधिवेशनको क्रममा देखिएका असन्तुष्टीहरु समेत सम्बोधन भैसकेको उल्लेख छ। संघको ११ औ महाधिवेशन आगामी अक्टोवरमा काठमाडौंमा हुँदैछ। एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने भएको छ । सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिनेछ । यस महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । सम्मेलनको तयारीको लागि जुलाइ १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् ।