काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएका समस्या समाधानमा पहल गर्न एनआरएनए उपाध्यक्ष आरके शर्मा अभियान सुरु गरेका छन्। उनले गैर आवासिय नेपालीका समस्या समाधानका सहमती कार्यान्वयन गर्नको लागि नेपालमा उच्चस्तरीय भेट गरेलगत्तै यतिबेला जापान भ्रमणमा निस्केका छन्।
उनले प्रवासी नेपालीका पासपोर्ट नवीकरण,श्रम स्वीकृतिमा सहजतालगाएतका समस्या समाधानका लागी अभियान नै सुरु गरेका हुन्। शर्माले दुई दिन नेपालमा रहँदा नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदलाईसहित उच्च अधिकारीलाई भेटेर गैर आवासिय नेपालीलाई परेको मुख्य समस्या पासपोर्ट नवीकरण,श्रम स्वीकृति सहज व्यवस्था मिलाउन तथा गैरआवासीय नागरिकता छिटो जारी गर्न अनुरोध गरेका थिए।
उनले इराक तथा युरोपमा रहेका २० हजारभन्दा बढी नेपालीलाई अहिले पासपोर्ट नवीकरण तथा श्रम नवीकरण समयमा गर्नुपर्ने समस्या र श्रमिकको संख्या बढी भएका देशहरु इराक,माल्टा तथा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न अनुरोध गरेका थिए।
त्यसलगत्तै जापान प्रस्थान गरेका अक्टोबर ११ तारिकमा शर्मा जापान पुग्दैछन्। जापान रहँदा गैरआवासीय अभियन्ता तथा सरोकारवालासँग अभियानलाई अगाडि लैजाने विषयमा छलफल गर्ने शर्माले बताए। ५ दिने जापान भ्रमणको क्रममा नेपाली समुदायसँग भेटघाट तथा अभियानको लागि महत्वपूर्ण सुझाव लिने तयारी शर्माको छ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन आगामी असोजको अन्तिम साता काठमाडौँमा हुने घोषणा भइसकेको छ। आगामी अधिवेशनमा अध्यक्षको लागि तयारी गरेका शर्माले अभियन्ताहरूसँग छलफल गरिरहेका छन्।