एनआरएनए सचिवमा डा.रेग्मीको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदका लागी डा.ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा गरेका छन। एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिवसमेत रेग्मीले आगामी कार्यकालका लागी सचिव पदमा उमेदवारी दिएका हुन्।

एक दशकभन्दा लामोसमय देखि एनआरएनएका क्रियाकलापमा सक्रिय रेग्मीले विभिन्न पदमा रहेर भुमिका निर्वाह गरिसकेका छन्। संघमा लामो समय काम गर्दाको अनुभवलाई अब रचनात्मक रुपले प्रस्तुत गर्न र एनआरएनएलाई थप गतिशिल बनाउन आफुले उमेदवारी दिएको शर्माले बताएका छन्।

सन् २००४मा अध्ययनका लागि रेग्मी जापान गएका रेग्मी जापानपछि न्युजिल्याण्ड हुँदै अस्ट्रेलियालाई कर्मथलो बनाएर एनआरएनए अभियानमा सक्रिय छन्। सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेका रेग्मी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरका रुपमा कार्यरत छन्।