“नेपाली डायस्पोरा सन्जाल” द्वारा अनलाईन पिटिसन सुरु,संविधानमै लेखेर वंशजको आधारमा दोहोरो नागरिकता दिनुपर्ने माग

काठमाडौं।नेपाली डायस्पोरा सन्जालले अनलाईन पिटिसन शुरू गरेकोछ। प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको माग गर्दै सन्जालले अनलाइन पिटिसन सुरु गरेको हो ।

सञ्जालले एक प्रेस विज्ञप्ति नै जारि गरेर सन्जालले वंशजको आधारमा दोहोरो नागरिकताको एक सुत्रीय माग पुरा गर्ने लक्ष राखेर पिटिसन सुरु गरिएको जानकारी दिएको छ ।

जारि विज्ञप्तिमा भनिएको छ, “प्रवासी नेपालीहरूको अभिष्ट एक पटकको नेपाली संधैको नेपाली भन्ने भावनात्मक एकतालाई मूर्तरूप दिन प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था गर्ने लक्ष लिएर अमेरिकाको न्यूजर्सीमा स्थापना र दर्ता भएको नेपाली डायस्पोरा सन्जालले अनलाईन पिटिसन सुरु गरेको छ। ”

यस्तै सन्जालले सरोकारवाला सबैलाई अनलाईन पिटिसनमा सहभागी भएर नेपालको संविधानमा वंशजको नाताको आधारमा दोहोरो नागरिकताको व्यवस्थाको मागलाई पुरा गर्न योगदान दिन अपील गरेको छ।

यस्तो छ सन्जालले जारी गरेको प्रेस विज्ञप्तिःप्रेस विज्ञप्ति

वंशजको आधारमा नेपाली दोहोरो नागरिकताबारे प्रेस विज्ञप्ति

प्रवासी नेपालीहरूको अभिष्ट एक पटकको नेपाली संधैको नेपाली भन्ने भावनात्मक एकतालाई मूर्तरूप दिन प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था गर्ने लक्ष लिएर संयुक्त राज्य अमेरिकाको न्यू जर्सी राज्यमा स्थापना र दर्ता भएको “नेपाली डायस्पोरा सन्जाल (Nepali Diaspora Alliance)” ले सो माग गर्दै विश्वव्यापी अनलाईन पिटिसन शुरू गरेकोछ।

यहीं एक सुत्रीय माग पुरा गर्ने लक्ष राखेर सन्जालले Change.Org को प्लाटफर्ममार्फत अनलाईन याचिका(पिटिसन): https://www.change.org/p/re-petition-for-nepali-dual-citizenship-by-decent-to-foster-lasting-relationships शुरू गरेको हो। सन्जालले सरोकारवाला सबैलाई अनलाईन पिटिसनमा सहभागी भएर नेपालको संविधानमा वंशजको नाताको आधारमा दोहोरो नागरिकताको व्यवस्थाको मागलाई पुरा गर्न योगदान पुर्याउन हार्दिक अपील गरेकोछ।

अगष्ट ९, २०२३
नेपाली डायस्पोरा सन्जाल