एनआरएनए आइसिसि महासचिवमा बुद्दी सुवेदीको उम्मेदवारी, यस्ता छन् सुवेदीका योगदान..

काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद आइसिसिको आगामी कार्यकालका लागि महासचिव पदमा बुद्दी सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदिले यतिबेला आगामी कार्यकालका लागी महासचिव पदमा उमेदवारी दिने भएका हुन् ।

विगत दुई दशकदेखि अमेरिकालाई कार्यक्षेत्र बनाएर सफल ब्यावसायी तथा समाजसेविको पहिचान बनाएका सुवेदी स्याङ्जामा जन्मेर चितवनमा बढेर पढेर अमेरिका पुगेका हुन् । अमेरिका जानु अघि नेपालमा पनि विभिन्न कलेजमा अध्यापन पेशामा आवद्द थिए ।अमेरिका पुगेपछि सुवेदी आफ्नो व्यवसाय देखी एनआरएनएका हरेक अभियानमा सक्रिय रहदै आएका छन । त्यतिमात्र नभै हाल उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन ।

सुवेदीले अमेरिकामा हायात,होलिडे ईन,ह्यम्पटन, विज्डमलगाएतका होटल र सुपरमार्केट संचालन गरिरहेका छन भने नेपालमा पनि भर्खरै भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन । त्यसका साथै उनले अन्य विभिन्न क्षेत्रमा पनि लगानी गरेका छन । एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने अन्तिम तयारीमा रहेको बताएका छन ।

उनले संस्थालाई आमुल परिवर्तन गर्नको लागी पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न, वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा, दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्न , सवैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन, नेपाली कला संस्कृति, संस्कार र परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्न, अनावश्यक आर्थिक चलखेल र अनियमिततालाई पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी कटौती गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरि समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने संस्था बनाउने आफ्नो लक्ष्य रहेको सुवेदीले बताए ।

सुवेदी विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदै एनआरएनए अमेरिकामा उपाध्यक्ष देखि अध्यक्षसम्म बनेर युएसएको सफल अध्यक्षको पहिचानसहित जिम्मेवारी सम्हालिसकेका छन् । एनआरएनए युएसएमा आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेपछी विश्वमा रहेका गैरआवासीय नेपाली एनआरएनए अग्रज र एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावका आधारमा आफूले महासचिवमा उम्मेदवारी दिएको बताएका छन ।

आफू एनआरएनए एनसिसिको अध्यक्ष हुँदा आइसिसिबाट समन्वयकारी भूमिका नभएको र यदि आफू महासचिव भएको खण्डमा आइसिसिबाट हस्तक्षेपकारी भूमिकाबाट राष्ट्रिय समन्वय परिषदलाई स्वायत छोड्ने प्रावधानको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । यद्यपि थप एजेण्डासहित केहि दिनमा औपचमरीक रुपमै उम्मेदवारी सार्वजनिक गर्ने उनको तयारी छ ।