अष्ट्रेलिया।गैरआवासीय नेपाली संघ(एनआरएनए)आइसिसी उपमहासचिव गणेश केसिले आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन्। हाल अष्ट्रेलिया निवासी उपमहासचिव केसीले ११ औ अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन।
एनआरएनएका विभिन्न अभियानमा लामो समयदेखि सक्रिय केसीले एनआरएनएमा अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन्। केसिले एनआरएनए अष्टेलियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न ट्राक्स फोर्समा रहेरसमेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजक समेत रहेका केसीले आफ्नै नेतृत्वमा नेपालमा विदेशी ज्ञान,सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।