काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। मंगलबारमात्रै यो प्रकरणमा ४ जना पक्राउ परेका थिए ।
एसएसपी दिनेशकुमार आचार्यले पौडेललाई काठमाडौँको गोकर्णबाट पक्राउ गरिएको बताए । ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।



