चितवन समाज अमेरिकाद्धारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

न्युयोर्क,युयोर्कमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा सार्थक अर्याल, निशान्त पंडित र हिन्जेन थोकर लामाको समुह प्रथम भएको छ। चितवन समाज अमेरिकाद्धारा आयोजित सो हाजिरी जवाफ कार्यक्रममा कुल सहभागी ८ टिममध्ये यो टिम प्रथम भएको हो।

यस्तै प्रतियोगितामा प्रनिता बस्नेत, प्रिसियस सापकोटा र अर्मानी महर्जनको समुह द्वीतिय भएको छ,भने आङ घुरी शेर्पा, युडेन शेर्पा र परिधी गौतम को समुह तृतिय हुन सफल भएको छ ।

विजय भएका ३ वटै समुह लाई कार्यक्रमका प्रमुख अतिथि अमेरिकाको न्युयोर्कका महावाणिज्यदुत गणेश अधिकारीले बधाई तथा शुभकामनासहित आकर्षक पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो। प्रतियोगिताको चितवन समाज अमेरिकाका अध्यक्ष कृष्ण गुरुङ्गको सभापतित्व र महासचिव रमेश पाठकको संयोजनमा सम्पन्न भएको थियो ।