काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई समवेदना दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले समवेदना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी तथा रेणुकी आमा सीता दाहालको हिजो नर्भिक अस्पतालमा निधन भएको थियो।
बालेनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन्। साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन्।
यस्तो छ बालेनको स्टाटसः
मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।