एनआरएनए साउदी अरबद्वारा भूकम्प प्रभावितलाई सहयोग घोषणा

NRNA Global conference in Kathmandu

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदी अरबले भुकम्प प्रभावितहरुलाई सहयोग घोषणा गरेको छ। एक विज्ञप्ती जारी गर्दै राष्ट्रीय समन्वय परिषद साउदीअरबले गत शुक्रबार मध्य रातमा जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६.४ म्याग्नेच्युटको भूकम्प बाट प्रभावितहरूलाई राहत तथा उद्धारका लागी तिन लाख रुपैया सहयोग गर्ने जनाएको हो।

अध्यक्ष रविना अर्यालद्धारा जारी विज्ञप्तिमा कठिन यस घडीमा एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको उल्लेख गरिएको छ।

संघले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको जानकारी गराउँदै अझ प्रभावकारी राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन तथा आवश्यक कार्यमा जुट्न संघ संस्थाहरूलाई अपिल समेत गरेको छ।

यस्तो छ विज्ञप्तिः

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्नेच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको घटनाले हामीलाई मार्माहित र दुःखी बनाएको छ।

भयाबह यस समयमा साउदी अरबमा क्रियाशील रहेका सम्पुर्ण सामाजिक एवम् राजनीतिक संघसंस्थाहरू एक जुट भएर मातृभुमीमा परेको विपत्तिको सामना गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब हार्दिक अपिल गर्दै एनसीसी साउदीअरबको ४ नोवेम्बर २०२३ का दिन आकस्मिक बैठक बसि रूः ३,००,०००/- (अक्षरूपी रू. तिन लाख) सहयोग गर्ने निर्णय गरेको सबैमा जानकारी गराउँदछौँ।

संघ भूकम्पमा परेर निधन हुनुभएका सम्पूर्ण दिवंगत आत्माहरू प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
कठिन यस घडीमा एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको जानकारी गराउँदै भूकम्प प्रभावित क्षेत्रमा अझ प्रभावकारी राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन तथा आवश्यक कार्यमा जुट्न संघ संस्था तथा महानुभावहरूमा संघ हार्दिक आग्रह गर्दछ।

गैर आवासीय नेपाली संघ
राष्ट्रीय समन्वय परिषद
साउदीअरब