एनआरएनए अध्यक्ष बिनोद कुँवरले भूकम्प प्रभावितलाई १० लाखको सहयोग गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष बिनोद कुँवरले जाजरकोट र रुकुम पश्चीमका भुकम्प प्रभावितलाई १० लाख बढीको सहयोग गर्ने घोषणा गरेका छन्। अध्यक्ष कुँवरले गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई आफ्नो व्यक्तिगत १० लाख बराबरको सहयोग गर्ने भएका हुन्।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठुलो जनधनको क्षति भएको छ भने कयैन घरबार विहिन भएका छन्। भूकम्प ६.४ म्याग्निच्युडको गएको हो। उक्त भूकम्पबाट हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाईते भएका छन्। घाईतेहरुको उपचार्थ र चिसो कठ्याङ्ग्रीने अवस्था नहोस् भन्ने हेतुले तत्काल न्यानो मायाको लागि लत्ताकपडाहरू वितरण गरिने बताए।

गैरआवासीय नेपाली संघ र डा.शेष घलेद्वारा संरक्षित एमआटी फाउण्डेशनद्वारा अन्य राहतका प्याकेज उपलब्ध गर्ने साथै सोमवार डा.शेष घले सहितको टोलीले प्रभावित क्षेत्रमा एक हजार थान बल्याङ्केट पुर्याउने भएका छन् भने ५० लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्।