काठमाडौं। रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ।मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मुसीकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो। नेपाली गएको साउन १७ गतेदेखि हराउनुभएको थियो।
त्यस्तै, आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको छ। फेला परेका शवको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




