काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार राती दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
यसअघि साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ। उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सुन तस्करीमा संलग्न २१ जना यसअघि पक्राउ परेका थिए भने बिहीबार राति पक्राउ परेका दुई जनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ।