काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाका अध्यक्ष सूर्य लम्सालले अमेरिकामा दुर्गा मन्दिर निर्माणका लागी झन्डै ४५ लाख रुपैयाँ दान गरेका छन्। नेपाली सांस्कृतिक भवन तथा दुर्गा मन्दिर निर्माणका लागी लम्सालले उक्त रकम दान गरेका हुन्।
रिजउड नेपाली समाज न्युयोर्कको आफ्नै भवन निर्माणका लागि आफुले कबुल गरेको प्राविधिक,सामाजिक तथा आर्थिक सहयोग स्वरुप ३३ हजार ६६४ अमेरिकी डलर रकम प्रदान गरेको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्।
चितवनमा जन्मिएर हाल अमेरिकालाई कार्यथलो बनाएका अध्यक्ष लम्साल उक्त दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र (डीटीएनसीसी)का संस्थापक संरक्षक पनि हुन्। उनले सामाजिक भवनलाई न्युयोर्कका नेपालीबीच एकापसमा आत्मीयता बढाउने र नेपाली कला तथा संस्कृति संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यको थालनी रहेको सममेत जनाएका छन् ।
मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणका लागि उनले यसअघि नै ३० हजार ३६५ डलर(४४ लाख ७७ हजार ३ सय नेपाली रुपैया)सहयोग गर्ने घोषणा गरेका थिए। त्यसमा ३ हजार २ सय ९९ डलर थप गरी रकम हस्तान्तरण गरेका हुन्। सो रकम नेपाली दरअनुसार उक्त रकम हुन आउँछ।
चितवनको सूर्यनगरमा जन्मिएर शिवनगर हाइस्कुलबाट एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट बिएस्सीसम्म अध्ययन गरेका उनले पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसबाट इन्जिनियरिङमा स्नातक गरि अमेरिका पुगेर न्युयोर्कबाट इञ्जिनियरिङमा स्नातकोत्तर गरेका लम्साल हाल अमेरिकाको न्युयोर्क राज्यको विद्युत प्राधिकरणमा निर्देशक छन्।
सन् २००१ देखि २०११ सम्म न्युयोर्कको रिजउडस्थित औजनपार्कमा बसोबास गरेका लम्सालले न्युयोर्क युनिभर्सिटीबाट सहरी पूर्वाधारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी)गर्दैछन्। लम्साल धर्मपत्नी डा सरोजा गौतम र छोरा शान लम्सालसहित स परिवार अमेरिकामै बस्दै आएका छन् ।
यस्तो छ उनको पुरा स्टाटसः