महासचिव जोशीद्वारा पुनः उहि पदमा उम्मेदवारि घोषणा

युएसए।
एनआरएन माझ शालिन व्यक्तिको परिचय बनाएका बर्तमान महासचिव गौरिराज जोशीले पुनः उहि पदमा उम्मेदवारि दिने जनाएका छन् ।

“हेल्प मी टु हेल्प यु” स्लोगान सहित मैदानमा आएका जाशीले साथीहरुको आग्रह र बाकीकामको निरन्तरताको लागी सोहि पदमा दोहोर्याउन लागेका हुन् । सबै अभियन्ताबाट दोहो¥याउन चौतर्फी दबाब आएपछी आफू पुन महासचिव दोहोर्याउने निर्णयमा पुगेको उनको भनाइ छ।

केहि दिन पहिलेसम्म अबको कार्यकालमा उपाध्यक्षमा उम्मेदवारी दिने चाहना रहेको बताउदै आएका थिए । उनलाइ यसपटक उपाध्यक्ष बनेर अर्कापटक अध्यक्षको तयारिमा रहेको लख काटिएको थियो ।
सन २००५ देखि एनआरएनएमा सक्रिय जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउने मान्छे भएको दावी गरेका छन्। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंगिंत गर्दै आफू नतिजामा विश्वास गर्ने ब्यक्ति भएको जोशीले बताए।

यस्तै जोशीले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन।

“जोशी कामप्रति इमानदार र संस्थाको हितमा मरिमेट्ने नविन सोच भएका अभियन्ता हुन,” उनिसंग एक कार्यकाल काम गरेका आइसीसी अध्यक्ष भवन भट्ट भन्छन् ।

सन् २०१७ मा एनसीसी अमेरिका अध्यक्षको प्रत्यासी बनेका जोशीको उम्मेदवारिले अमेरिकी नेपाली समुदायमा तरंग ल्याएको थियो । मुख्यगरि एनआरएन अभियानमा सधै निरपेक्ष रहने विशाल युवापंतिमा जोशीको उम्मेदवारिले उभार आएको थियो । तर उनले उम्मेदवारि फिर्ता लिए र अमेरिका रिजनको संयोजक बने । २०१९ मा आइसिसि सचिव बनेका जोशी २०२१ मा महासचिव बनेका थिए ।

एनआरएनएलाइ प्रविधीमैत्री बनाउन बिशेष भूमीका खेलेका जोशीले मुख्य गरि सदस्यताको अभिलेखीकरण गर्ने एमआइएस सिस्टमको निर्माणमा महत्वपुर्ण भूमीका खेलेका थिए । “सदस्य निर्माण र निर्वाचन प्रकृयामा चरम अनियमितता थियो एमआएएसले त्यसलाइ न्यूनिकरण गर्न महत्वपुर्ण भूमीका खेल्यो,” उनि भन्छन् । नेपालमै पहिलो मोबाइल व्लड बस लगायत बिभिन्न परियोजना नेतृत्व गरि सम्पन्न गरेका जोशी संस्थापनका बलियो उम्मेदवार हुन् ।

मिजासिलो व्यवहार र कामप्रतिको लगावका कारण उनि एनआरएनमा लोकप्रिय नेता मानिन्छन् । जोशी बद्रि केसी र महेश श्रेष्ठ निकट मानिन्छन । एनआरएनए अमेरिकामा आफ्नो पक्षलाइ जिताउन सफल भएकोले उनको मनोवल थप उचो भएको उनि निकटकाहरु बताउछन् ।

चितवनको समान्य परिवारिक पृष्टभुमीका जोशी उच्चशिक्षा अध्यायनका लागी सन् १९९७ मा अमेरिका आएका थिए । पढाइ सकेर उनले केही साथीहरुसंग मिलेर व्यवसाय शुरु गरे ।

व्यबसायले अपेक्षित गति नलिए पछि साथीहरुले उनलाइ सबै सुम्पिएर पाखालागे तर जोशीले त्यहि करिब करिब डुबेको व्यवसायलाइ गति दिए र आज एक बिशाल व्यापारिक संरचना खडा गरे । अमेरिका बाहेक नेपाल र भारतमा समेत उनको व्यवसाय छ । आइटि र रियल स्टेट उनको मुख्य व्यवसाय हो भने हस्पिटालिटि र ग्यास स्टेसनमा समेत लगानी रहेको छ ।

एनआरएन एक अभियान हो । पक्ष र बिपक्ष समान्य प्रकृया हो त्यसमा जोशीका आलोचक पनि होलान् तर उनले छोटो समयमा कठिन प्रतिस्पर्धाको अमेरिकी भूमीमा जुन व्यवसायीक सफलता हासिल गरेका छन् त्यो समग्र नेपालीको लागी अनुकरणीय शिक्षा हो ।