काठमाडौं। गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसि)को सचिव पदका लागी कृष्ण जीवि पन्थले उमेदवारी दिने घोषणा गरेका छन्। अमेरिकाको मेरील्याण्ड निवासि पन्थ हाल अमेरिकाका वरिष्ठ उपाध्यक्षसमेत रहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी कार्यकालका लागी सचिव पदमा उमेदवारी दिने योजना बनाएको जानकारी गराएका हुन।अमेरिकामा रहेर सफल व्यवसायीको पहिचान बनाएका पन्थले देश र परदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई एउटै मालामा जोड्नको लागी उम्मेदवारी दिएको जनाएका छन् ।
पन्थले हालसम्म गैर आवासीय नेपाली सङ्घ,अमेरिकाको उपाध्यक्ष,वरिष्ठ उपाध्यक्षको लगाएतका विभिन्न पदमा रहेर जिम्मेवारी निर्वााह गरिसकेका छन्। जिम्मेवारीमा रहँदा संस्थाको आफ्नै भवन खरिद,सल्यानमा प्रसूति गृहको निर्माणलगाएतका एनआरएनएका कार्यहरुमा संयाोजकको भुमिका निर्वाह गरेका थिए।
उनले आगामी दिनमा पनि एनआरएनएमा धेरै महत्वपुर्ण कार्यहरु गर्न बाँक रहेकोले आगामी निर्वाचनमा सचिव पदमा मतदान गरी सहयोग गर्न सम्पूर्ण प्रतिनिधि(डेलीगेट) लाई समेत आग्रह गरेका छन।