काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोपको युवा संयोजकमा माल्टाबाट प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन।
विगत ९ बर्षदेखी माल्टामा रहेर गैर आवासिय नेपालीहरुका समस्यासँग जानकार रहेका भण्डारीले संघको आगामी अक्टोबरमा हुने ११ औ महाधिवेशनबाट आगामी पदका लागी आँँफुले युवा संयोजक पदका लागी उमेदवारी दिएको बताएका छन्।
माल्टामा गैरआवासीय नेपाली संघ गठन गर्न सक्रिय भुमिकका खेलेका भण्डारी एनआरएनए माल्टाको उपाध्यक्ष भएर सफल कार्यकाल संपन्न गरेपछी हाल नेपाल माल्टा च्यारिटी एशोसिएसनको अध्यक्ष रहेका छन।
भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्ष समेत भएर केन्द्रिय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेको अअनुभव संगालेका छन। उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउदै युवाहरुलाई यस अभियानमा जोड्ने प्रतिबद्धता जनाएका छन्।
बिश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनएलाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकासको आवश्यकता रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रति उत्तरदायित्व वृद्धी गर्न आफुले उमेदवारी दिएको बताएका छन्।
एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव,अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युरोप युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको भण्डारीले बताए।
आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार आफुले एनआरएनए युरोप युवा संयोजकमा उम्मेदवारी दिएको भण्डारीले बताए।
एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न,दोश्रो पुस्तालाई एनआरएनएमा आकर्षित गर्न,विदेशमा रहेका नेपालीको आवाज बुलन्द बनाउन युवा संयोजकमा उम्मेदवारी घोषणा गरेको भण्डारीले बताए।