काठमाडौं। गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसिसि)को केहि दिनमा आगामी कार्यकालका लागी नेतृत्व चयन हुदैछ। त्यसका लागी विभिन्न पदका आकांक्षीहरुले आ आफ्नो उमेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
यसै क्रममा एनआरएनएन आइसिसिको महासचिव पदमा दुइ जुझारु व्यत्तित्वको उमेदवारी परेको छ। आईसिसिका महासचिव गौरीराज जोशी पुनह दोहोरिने घोषणा गरेका छन् भने एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले पनि महासचिवमा पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
अझ यी दुइ उमेदवारबिचमा रोचक प्रसङ्ग त के छ भने यी दुबै उमेदवार एकै जिल्लाका बासिन्दा चितवनबासी हुन् । यसकरण पनि एकै जिल्लाका दुइ जनाबिच हुने यो निर्वाचन निकै रोचक हुने छ यसकारण चासो पनि बढ्न थालिसकेको छ। खास गरेर दशकौं देखि एनआरएनमा सक्रिय यी दुबै उमेदवारले आइसिसिमा छुट्टाछुटै रुपमा आफ्नो बलियो पहिचान र पकड बनाएका छन् ।
बर्तमान महासचिव जोशि सन १९९७ मा अध्ययनका लागि अमेरिका गएपछी अध्ययन पूरा गरेर आइटीसँगै रियल स्टेटको ब्यावसायमा पनि संलग्न छन। उनको अमेरिकासँगै नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत क्षेत्रमा लगानी रहेको छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन।
सन २००५ देखि एनआरएनएमा सक्रिय जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष, ‘मेम्बरसीप कोअर्डिनेटर’ बनेर काम गरेपछी २०१५ देखि एनआरएनएमा थप सक्रिय बने। त्यसपछी एनआरएनएको अमेरिकाको क्षेत्रीय संयोजक हुँदै सचिव पदमा काम गरेपछी अहिले महासचिव बनेर काम गरिरहेका छन्। यसकाारण पनि आउने चुनावमा महासचिव पदका लागि जोशीले पनि आफ्नो प्रभाव कायम राखेका छन्।
यस्तै विगत दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका बुद्धिसागर सुवेदीको पनि इतिहास छुटै छ। नेपाालका विभिन्न कलेजमा अध्यापन पेशामा आवद्द रहेका सन २००३ मा अमेरिका गए। अहिले आफ्नो ब्यावसायसँगै एनआरएनए र सामाजिक कार्यमा सक्रिय सुबेदी युएसका सफल ब्यावसायीको पहिचान बनाएका छन् ।
हाल उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिरहेका छन। सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डमलगायतका होटल र सुपरमार्केट संचालन गरिरहेका छन भने नेपालमा पनि भर्खरै भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका सयौलाई रोजगारि दिदै छन् ।
सबैमाझ लोकप्रिय र नम्र स्वभावका सुवेदी एनआरएनएमा सुवेदी विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदै एनआरएनए अमेरिकामा उपाध्यक्ष देखि अध्यक्ष सम्म बनेर सफल कार्यकाल निर्वाह गरेका छन्। उनले पनि आफ्नो प्रभाव कायमै राखेका छन् ।
यसरी हेर्दा यी दुइ चितवने जोशि र सुवेदीको विगत र एनआरएनएमा आफ्नै प्रकृतिको लगानी छ । अनि एनआरएनए वृतमा पनि पहिचान आफ्नै शैलिको छ। तसर्थ यी दुइबिचको प्रतिष्पर्धा निकै रोचक हुने देखिन्छ । तर नतिजा कसको पक्षमा आउला त त्यो भने निर्वाचनले नै जनाउला ।