एनआरएनए आइसीसीको महासचिवमा सुवेदीले गरे उम्मेदवारी घोषणा

अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद आइसिसिको महासचिव पदमा बुद्दी सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदिले शनिबार जुममार्फत पत्रकार सम्मेलन गर्दै आगामी कार्यकालका लागी महासचिव पदमा उमेदवारी दिएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा सुवेदीले एनसीसीहरुलाई बलियो बनाउन, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन, तथा एनआरएन नागरिकताको कार्यान्वयन जस्ता मुद्दालाई अगाडी बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन् । उनले आफु महत्वाकांक्षी भएर नभै अघिल्लो कार्यकालमा एनसीसी अमेरिकामा आफुले गरेको कामको मुल्यांकनका आधारमा साथीहरुको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको जानकारी दिए ।

सुवेदीले संस्थाबाट केही लिन हैन, संस्थालाई केही दिनको लागि आएको बताउंदै संस्थालाई बलियो बनाउन आफुले इमान्दारीपूर्वक काम गर्ने बताएका छन् । उनले संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।

भरखरै मात्र नेपालमा होटल व्यवसायमा लगानी गरेका सुवेदीलाई पत्रकारले सोधेको प्रश्नको जवाफमा सुवेदीले नेपालमा रुग्ण अवस्थामा रहेको एक होटललाई पुनः संचालन गरी सैयौं रोजगारी सिर्जना गर्ने उद्देश्यले आफु लगायत साथीहरुले लगानी गरेको र आफ्नो व्यवसायको प्रवर्द्धनका लागि एनआरएनएको लोगोको दुरूपयोग नगर्ने र गर्न पनि नदिने बताए।

यस्तै फरक प्रसंगमा उनले काठमाडौँमा हुन गइरहेको आगामी ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे। संघको सोही ११ औं विश्व अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।