काठमाडौँ। गैरआवासीय नेपाली संघ को एनआरएनए फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त भएका छन । परोपकारी गतिविधि सञ्चालन गर्न गठन गरेको एनआरएनए फाउण्डेसनको पछिल्लो बैठकले थापालाई अध्यक्ष चयन गरेको हो ।
अध्यक्षमा थापा नियुक्त भएसँगै संस्थापक अध्यक्ष जीवा लामिछानेले राजिनामा दिएपछि रिक्त रहेको पदले पुर्णता पाएको छ। बिहीवार बसेको फाउण्डेसनको बैठकले एनआरएनएका संस्थापक समेत रहेका जर्मनी निवासी थापालाई अध्यक्षमा नियुक्ति गरेको हो ।
थापालाई अध्यक्ष बनाउन गरिएको प्रस्ताव बहुमतले पारित भएको थियो। विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ३ वर्षअघि लामिछानको नेतृत्वमा फाउण्डेसन स्थापना गरिएको थियो ।
फाउन्डेसनमार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारकको जीर्णोद्वार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने लक्ष्य छ ।