तेस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन आगामी असोज ३० देखी हुने

काठमाडौं । गैर आवासीय नेपाली संघको तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते हुने भएको छ ।एनआरएनएले दिएको जानकारी अनुसार सम्मेलन अक्टोबर १७ र १८ तारिखमा आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने र २ सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल हुनेछ ।

भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा संयोजक सह प्राध्यापक राजु अधिकारीले सम्मेलनका लागि आवश्यक सबै तयारी पुरा हुने क्रममा रहेको जानकारी दिनुभयो ।