एनआरएनए प्रवक्ता सापकोटाद्वारा उपमहासचिवमा उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता सोम सापकोटाले केन्द्रीय उप–महासचिव पदका लागि उम्मेदवारी दिने भएका छन।

संघको स्थापना कालदेखि नै संघको विभिन्न पदमा रही जिम्मेवारी निर्वाह गरिसकेका सापकोटाले उपमहासचिवमा उमेदवारी दिने तयारी गरेका हुन्।संस्थाको सुदृढ़ीकरण साथै बिश्वभरि छरिएर रहेका प्रबासी नेपालीहरूलाई समान रुपले एनआरएनएबाट अभिवावकत्व वृद्धि गर्ने लगाएतका एजेण्डा उनले तय गरेका छन्।

यस्तै एनआरएनए सचिवालयलाइ व्यवस्थित मर्यादित पारदर्शी प्रविधिमैत्री क्रियासिल बनाइ संघका नियमित रुपमा हुने बैठक सेमिनार गोष्ठी अनि सभा सम्मेलन परिमार्जित गर्दै नीतिगत अस्पष्टतालाइ सम्बोधन गराई एकत्रित गतिशील गैर आवासीय नेपाली संघ निर्माणमा केन्द्रित हुने उद्देश्य सहित आफ्नो उमेद्वारी रहेको सापकोटाले बताए।