यी तीन बीमा कम्पनी प्राधिकरणको ‘डेन्जर जोन’मा परे, कारोबार रोक्ने तयारी

काठमाडौं । बीमा प्राधिकरणले दुई पटकसम्म समय दिँदासमेत अधिकांश बीमा कम्पनीले पूँजी पु¥याउन सकेनन् । पूँजी वृद्धिका लागि कुनै पनि उपाय अवलम्बन नगरेका तीनवटा बीमा कम्पनीलाई प्राधिकरणले डेन्जर जोन (खतराको सूची)मा राखेको छ ।

प्राधिकरणले नेपाल इन्सुरेन्स कम्पनी (निर्जीवन बीमा), प्रभु इन्सुरेन्स (निर्जीवन बीमा) र एसियन लाइफ इन्सुरेन्स कम्पनी (जीवन बीमा) गरी तीन वटालाई खतराको सुचीमा राखेको हो ।

नेपाल इन्सुरेन्सको हालको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार रुपैयाँ छ । निर्जीवन बीमा कम्पनी भएकाले यसले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम राख्नुपर्ने हो । तर, यस कम्पनीलाई तोकिएको न्युनतम चुक्तापुँजी पुर्याउँन अझै १ अर्ब १२ करोड १० लाख रुपैयाँ आवश्यक पर्छ ।

यता प्रभु इन्सुरेन्सको पनि हाल १ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रुपैयाँ चुक्ता पूँजी छ । यसलाई पनि तोकिएको पूँजी पु¥याउन १ अर्ब १२ करोड ३८ लाख रुपैयाँ आवश्यक पर्छ । यसले केही समयअघि बोनस शेयरसमेत जारी गरिसकेको छ ।

प्रभु इन्सुरेन्सले ८ लाख ६४ हजार १०६.७६ कित्ता बोनस शेयर जारी गरेको थियो । तर पनि यसको पूँजी पुगेको छैन । एसियन लाइफ इन्सुरेन्स पनि प्राधिकरणको खतराको सूचीमा छ । यसको हालको चुक्ता पूँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ छ ।

जीवन बीमा कम्पनी भएकाले यसले ५ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी पु¥याउनुपथ्र्यो । तर, यसलाई सो पूँजी पु¥याउन अझै १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ चाहिन्छ । प्राधिकरणका अनुसार पूँजी वृद्धिमा हेलचेक्य्राइँ गरेकाले यी तीनै बीमा कम्पनीको कुनै एक बीमा शीर्षकको कारोबारमा बन्देज लगाउने तयारी छ ।