काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा आफूहरुले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्ता पक्षले बोल्न नदिएको आरोप लगाएका छन्।आज एक पुस्तक लोकार्पण कार्यक्रममलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले भने,‘सुन प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सदनमा बोल्न दिँदैन, उठेर विरोध गरिहाल्छ,यसको जरासम्म पुग्नुपर्छ, गर्ने गराउने आफूहरु, अनि कसैलाई छाड्दिनँ भनेर फाइफुइ गर्ने।’
उनले सुनिल शर्मालाई पक्राउ गरेकोप्रति सरकारको आलोचना गरे। ओलीले भने,‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी। दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन्।’
उनले थपे,‘अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई। दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ।’