ज्ञानेन्द्र गदालको ‘फूल हौ तिमी’ बोलको गीत बजारमा आउँदै, अमेरिकामा गरियो छायाङ्कन

काठमाडौं। सुमधुर गित‘फूल हौ तिमी’ बोलको गीतको छायाङ्कन गरिएको छ।गीतकार ज्ञानेन्द्र गदालद्वारा रचित यो गितको अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरको विभिन्न रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको हो।

गितमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीत भरेका छन् भने गायक निशान भट्टराई र अस्मिता अधिकारीको सुमधुर स्वरमा बजारमा ल्याउन लागिएको छ।

सौरम राज तुलाधरले निर्देशनमा निकेश धामी र श्रद्धा भण्डारीको अभिनयरहेको यो गीतको भिडियोमा शम्भु मोक्तानले छायाङ्कन गरेका छन् ।

आम दर्शक श्रोताहरुको मन मुटुमा बास गर्ने अपेक्षा लिइएको यो गितको केही दिनभित्रै अडियो भिडियो सार्वजनिक गरिने गीतकार ज्ञानेन्द्र गदालले जानकारी दिएका छन्।