अमेरिका ।तारा–किशन फाउण्डेसनले अमेरिकामा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुसहित विभिन्न विधाका व्यत्तिहरुलाई सम्मान गर्ने भएको छ। फाउण्डेसनले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपाली भाषाको जगेर्ना र प्रवर्द्धनका लागी पत्रकारितामार्फत खेलेको भूमिकाको सम्मानस्वरुप २१ जनालाई सम्मान गर्न लागेको जानकारी दिएको छ ।
फाउण्डेसनका संरक्षक तारा धामिले जारी गरेको विज्ञप्तिअनुसार सम्मान कार्यक्रम यही अगष्ट २६ मा न्यूयोर्क सहरको ज्याक्सन हाईट्स् स्थित सत्यनारायण मन्दिरमा हुने छ । सम्मानित हुनेहरूमा क्यालिफोर्निया, वाशिंगडिसी, टेक्सास, भर्जिनिया न्युजर्सी र न्युयोर्कका चिरपरिचित नेपाली भाषामा निरन्तर लेखिरहने २१ जना मिडिया तथा प्रधानसम्पादक रहेका छन् ।
सो कार्यक्रममा सुदूरपश्चिम वा कर्णाली प्रदेशमा गाईने प्रचलित डेउडा गीतका बरिष्ठ गायक शंकर विष्ट र गायिका प्राज्ञ चाँदनी मल्ललाई पनि सम्मान गरिने छ ।
प्रेस विज्ञप्ति जस्ताको तस्तैः
आदरणीय संचारकर्मी मित्रहरु !
तारा–किशन फाउण्डेसनले नेपाली भाषा; साहित्य; र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने हेतुले विभिन्न समयमा विभिन्न कार्यक्रम गरिरहेको छ। यसै सिलसिलामा अमेरिकी प्रवासमा रहेर पनि नेपाली भाषामा संचारकर्म गरिरहेका नेपाली मिडीयाका प्रधान सम्पादक÷सञ्चालकहरुलाई उहाँहरुले नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न खेल्नु भएको भूमिकालाई सम्मान गर्न यही अगष्ट २६ तारिख शनिवारको दिन न्यूयोर्क सहरको ज्याक्सन हाईट्स् स्थित सत्यनारायण मन्दिरमा एक विशेष सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छौ।
सम्मानित हुनेहरूमा क्यालिफोर्निया, वाशिंगडिसी, टेक्सास, भर्जिनिया न्युजर्सी र न्युयोर्कका चिरपरिचित नेपाली भाषामा निरन्तर लेखिरहने २१ जना मिडिया तथा प्रधानसम्पादक हुनुहन्छ। सो कार्यक्रममा सुदूरपश्चिम वा कर्णाली प्रदेशमा गाईने प्रचलित डेउडा गीतका बरिष्ठ गायक शंकर विष्ट र गायिका प्राज्ञ चाँदनी मल्ललाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ।
अमेरिकाका लागि न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत श्री विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुन लागेको सो सम्मान कार्यक्रममा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरु लगायत केही विदेशी पाहुनाहरुको पनि उपस्थिति रहनेछ ।कार्यक्रममा उपस्थितिको निम्ति समुदायका सबैलाई खुल्ला निमन्त्रणा गरिएको छ ।औपचारिक कार्यक्रम पश्चात डेउडा नाच, गौःरा नाच, र तीजका गितहरूले रमाइलो मनोरन्जनका साथ रात्री भोजन गराईनेछ ।
स्मरण रहोस्, तारा–किशन फाउण्डेशनले यस अघि न्यूयोर्कमा पटक–पटक साहित्यिक र सास्कृतिक कार्यक्रम तथा गौःरा पर्व सम्पन्न गरिसकेको र गत वर्ष सुदूर पश्चिमको दार्चुलामा जेष्ठ १३ देखि जेष्ठ १५ सम्म तीनदिने बृहत् साहित्य सम्मेलन एवं दार्चुला महोत्सव पनि सफलता र भव्यताका साथ सम्पन्न गरिसकेको थियो भने बिभिन्न समयमा नेपालका बिभिन्न ठाउककमा खाद्दयान तथा स्कूलका सामाग्री बितरण गर्दै आएको छ । धन्यवाद !
तारा धामी,
संरक्षक, संस्थापक÷संचालक
तारा–किशन फाउण्डेशन ईन्क.